आइतबार, चैत ८, २०८२

छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

 |  आइतबार, चैत ८, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, चैत ८, २०८२

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- मुलुकका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। रूपन्देही, कञ्चनपुर, पाल्पा र मोरङमा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

दुर्घटनामा रूपन्देहीका एक, कञ्चनपुरका एक, पाल्पाका चार र मोरङका एक जनाको मृत्यु भएको हो। मोरङको रङ्गेली नगरपालिका-७ मा मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा घाइते भएका एक जनाको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

प्रकाशित: Mar 22, 2026| 14:00 आइतबार, चैत ८, २०८२
प्रतिक्रिया दिनुहोस्