बुधबार, साउन १३, २०८३

भरूवा बन्दुक सहित एक जना पक्राउ

 |  आइतबार, चैत ८, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, चैत ८, २०८२

मकवानपुर- बागमती गाउँपालिका-९ बेतिनीका ५७ वर्षीय सन्तकुमार प्रजापतिलाई भरूवा बन्दुक एक थानसहित गएराति प्रहरीले पक्राउ गरेको छ। 

निजको घरमा भरूवा बन्दुक लुकाइछिपाइ राखेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त बन्दुक फेला पारी प्रजापतिलाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ। यससम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Mar 22, 2026| 13:58 आइतबार, चैत ८, २०८२
प्रतिक्रिया दिनुहोस्