शुक्रबार, भदौ २६, २०८३

पाल्पामा टिपर दुर्घटना हुँदा ४ जनाको मृत्यु

 |  आइतबार, चैत ८, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, चैत ८, २०८२

काठमाडौं- पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ। उक्त दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पाल्पाको झडेवाबाट रहबास चुनढुंगा खानीतर्फ जाँदै गरेको लु२ख ४५२५ नम्बरको खाली टिप्पर सनिवार साँझ ६ बजेतिर दुर्घटनामा परेको थियो।

माथागढी गाउँपालिका वडा नम्बर ७ रहबास स्थित झडेवा–रहबास भित्री कच्ची सडक खण्डमा भएको उक्त दुर्घटनामा चालक सहित चार जनाको मृत्यु भएको हो।

प्रकाशित: Mar 22, 2026| 07:11 आइतबार, चैत ८, २०८२
प्रतिक्रिया दिनुहोस्