सोमबार, चैत २, २०८२

सुदूरको लोकमाटोले जन्माएकी गायिका कृष्णा

 |  आइतबार, चैत १, २०८२

युवराज खतिवडा

युवराज खतिवडा

आइतबार, चैत १, २०८२

धनगढी। कृष्णा सिराडी सुदूरको लोक माटोले जन्माएकी गायिका हुन्। उनको बालापन लोक देउडा गुनगुनाउँदै डोटीका भीरपाखामा वित्यो। विद्यालय जाँदा होस् वा मेलापात कृष्णाको गलामा देउडाकै शब्द झुण्डिरहेका हुन्थे।

National life

देउडा हाम्रो संस्कृति हो, सधैँ झल्कि रन्या।
सुदूरकी चेली हो म त, टाढा जान मान्या।

यस्ता मौलिक शब्द गाउँदै उनी हुर्किन्। विद्यालयका अतिरिक्त क्रियाकलापमा देउडामा उनको स्वर घन्किएकै हुन्थ्यो। गुरुहरुका लागि लगनशील र प्रतिभाशाली विद्यार्थी थिइन् कृष्णा। उनको बाल्यकाल सहज थिएन। सामान्य परिवारमा जन्मिएकी कृष्णाको परिवारका लागि बालबालिकाको लालनपालन र शिक्षादिक्षा दिन नै धौं–धौं थियो। तर, सबै चुनौतिलाई चिर्दै कृष्णा सफल गायिका बनेकी छन्।

कुनै समय मेलापातमा घन्किने कृष्णाको स्वर आजभोली सुदूपश्चिममा लाग्ने मेलामहोत्सवमा घन्किन थालेको छ।

कृष्णा २०५६ साल २८ कार्तिकमा मातापिता गुमादेवी र करबिर सिराडीकी कान्छो सन्तानका रुपमा भारतको दिल्लिमा जन्मिकी हुन्। आर्थिक अवस्था कमजोर भएकाले उनका बुबा भारतमा ज्याला मजदुरी गर्थे। कृष्णा तीन वर्षसम्म भारतमै हुर्किइन्।

Laxmi sunrise bank
kumari

0c35de30-c4de-4585-a7f4-794a917acfdd-1773568525.jpg
 

उनको पुर्खेउली घर डोटीको बडिकेदार गाउँपालिका–२ सिराडा हो। त्यहाँ उनको १० वर्ष बस्यो। सिराडाबाट २०६८ सालमा उनको परिवार बागछेडा बसाई स¥यो। बागछेडामा सामान्य ब्यवसाय गर्दै कृष्णाका बुबाले सन्तान हुर्काएका हुन्।

सामान्य परिवार भए पनि सन्तानलाई शिक्षा दिक्षा दिनुपर्छ भन्ने चेतना थियो। कृष्णाका दाइ दीपेन्द्र अध्ययनका लागि धनगढी झरे। २०७१ सालमा कृष्णा पनि अध्ययनका लागि धनगढी झरिन्। कृष्णामा नृत्यप्रति पनि अभिरुची थियो। उनले ६ महिनासम्म नृत्य कलास लिइन्। तर, कम्मरमा समस्या देखिएसँगै उनले आफ्नो त्यो रुचीलाई अगाडि बढाउन सकिनन्।

कृष्णा स्वावलम्बि स्वभावकी व्यक्ति हुन्। उनी परिवारलाई आर्थिक बोझ पार्न चाहन्न थिइन्। त्यसैले उनले आफैँ केही गर्ने योजना बनाइन् र पत्रिकामा मार्केटीङ गर्न थालिन्। त्यहाँ पनि उनले सोचे जस्तो आम्दानी गर्न सकिनन्। त्यसपछि उनले आफ्नै पहाडमा उत्पादित तरकारी, दाललगायत सामग्री धनगढीमा बेच्न थालिन्। ‘पहाडबाट बसमा सामान मगाउथेँ। त्यो सामान साइकलमा बोकेर धनगढीमा बेच्थेँ। मलाई घरबाट आफैँ कमाएर पढ् भन्ने दवाव थिएन, म आफ्नै उद्यमशिलतामा बाँच्न र परिवारको आर्थिक बोझ कम गर्न चाहन्थेँ,’ उनी भन्छिन्।

c37d3fdc-75fb-4fc7-82cb-73386cbe6bb8-1773568541.jpg
 

अध्ययनकै क्रममा २०७३ सालमा कृष्णाले आफूभित्रको प्रतिभा गायनलाई सशक्त बनाउने निधो गरिन्। उनलाई एउटा ‘चोखो माया फेरि’ बोलको गीत गाउने अवसर मिल्यो। गीत रेकर्ड गर्न उनी काठमाडौंको अलाफ स्टुडियो पुगिन्। त्यहाँ गीत रेकर्डिङ भयो तर प्राविधिक गडबडीले फेरी सोही गीत अत्तरियास्थित अलिशा म्युजिक रेकर्डिङ स्टुडियोबाट गाउनुपर्‍यो। पहिलो गीतले नै राम्रो चर्चा पाएपछि कृष्णाले जीवनमा फर्केर हेर्नु परेन। उनी सांगीतिक क्षेत्रमा नै जम्न सफल भइन्। हालसम्म उनले दुई सय बढी गीतमा स्वर दिइसकेककी छन्।

उनी कामलाई अत्यधिक सम्मान तथा माया गर्ने व्यक्ति हुन्। कृष्णाले गायन क्षेत्रलाई मात्र नभई भिडियोग्राफीको कामलाई पनि अगाडि बढाएकी छन्। हाल कृष्णा म्युजिक भिडियो सुटिङसँगै निर्देशनको काममा पनि सक्रिय छिन्। गायनसँगै म्युजिक भिडियो सुटिङको कामपछि कृष्णाको आर्थिक अवस्था बलियो हुँदै गएको छ।

79f06e64-6455-4456-a353-a9fdcab2b9f1-1773568552.jpg
 

सुरुमा सांगीतिक क्षेत्रमा प्रवेश गर्न निकै गाह्रो भए पनि यतिबेला भने परिवारको राम्रो साथ रहेको उनको भनाइ छ। 

कृष्णाका पर्सछ कानैनो, हिट उमु, देउर्‍या, इजुको कोल छुट्योलगायत उनका चर्चित गीत हुन्। उनले एक सयभन्दा बढी गीतमा स्वर दिइसकेकी छन्। आगामी दिनमा पनि गायनलाई निरन्तरता दिने कृष्णाको भनाइ छ।

हाल उनी सांगीतिक क्षेत्रमा सक्रिय रहनुका साथै स्नाकोत्तरसम्मको अध्ययन पनि पूरा गरिसकेकी छन्। हाल उनी एमफिलको तयारीमा रहेकी छन्। आगामी दिनमा पनि गायनलाई निरन्तरता दिने कृष्णाको भनाइ छ।

प्रकाशित: Mar 15, 2026| 15:41 आइतबार, चैत १, २०८२
प्रतिक्रिया दिनुहोस्