आइतबार, असार १४, २०८३

गोरखा माइक्रोबस दुर्घटनाका घाइते जोखिममुक्त

 |  आइतबार, चैत १, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, चैत १, २०८२
National life
Shivam cement

चितवन- गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा शनिशार भएको माइक्रोबस दुर्घटनाका घाइतेको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)मा उपचार भइरहेको छ। दुर्घटनाका नौ जना घाइतेलाई गए रातिनै यहाँ ल्याइएको थियो।

अस्पतालका चिकित्सक डा सुदीप केसीका अनुसार पाँच जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ। जसमध्ये तीन जनाको न्यूरो सर्जरी र दुई जनाको सर्जरी सघन उपचार कक्षमा उपचार भइरहेको जनाइएको छ। घाइतेमध्ये सात जना भारतीय र दुई जना नेपाली छन्। 

मनकामना दर्शन गरेर फर्केका १६ जना भक्तजन सवार बाप्र ०१–००६ ख ८४३० नम्बरको माइक्रोबसमा  सडकबाट करिब २०० मिटर तल खसेको खसेको थियो। सात भारतीयको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित: Mar 15, 2026| 11:37 आइतबार, चैत १, २०८२
प्रतिक्रिया दिनुहोस्