आइतबार, चैत १, २०८२

सुनसरीमा ट्याक्टरको ठक्करमा एक जनाको मृत्यु

 |  आइतबार, चैत १, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, चैत १, २०८२

National life
Laxmi sunrise bank
kumari

सुनसरी- हरिनगर गाउँपालिका–१ मा गए राति सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय २५ वर्षीया दीपक दास रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए। 

भुटहाबाट हरिनगरतर्फ गइरहेको प्रदेश०१–०२–०५७प ४८९९ नम्बरको मोटरसाइकललाई उखु लिएर आइरहेको स१ज ४९१४ नम्बरको ट्याक्टरले ठक्कर दिँदा स्थानीय २५ वर्षीय दीपक दास र मिथुन दास गम्भीर घाइते भएका थिए। गम्भीर घाइते दीपकको उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक ओलीले जानकारी दिए।

अर्का घाइते मिथुनको विराटनगरमा उपचार भइरहेको उहाँले बताउनुभयो छ। घटनाका विषयमा अनुसन्धान भइरहेको छ। ट्याक्टर प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक फरार रहेकाले खोजी भइरहेको छ।

प्रकाशित: Mar 15, 2026| 11:32 आइतबार, चैत १, २०८२
प्रतिक्रिया दिनुहोस्