शुक्रबार, वैशाख १८, २०८३

चितवनमा तेरीको उत्पादन घट्यो

 |  आइतबार, चैत १, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, चैत १, २०८२

National life

चितवन- जिल्लामा लगाइएको तोरीको उत्पादन घटेको छ। गत वर्षका तुलनामा यस वर्ष प्रतिहेक्टर उत्पादकत्वमा समेत कमी आएको छ। कृषि विकास कार्यालयका कृषि अर्थविज्ञ निर्मल पौडेलका अनुसार गत वर्ष प्रतिहेक्टर १.३१  मेट्रिक टन उत्पादकत्व रहेकामा यस वर्ष १.०१ मा झरेको छ। गत वर्ष जिल्लामा  १८ हजार ५६५ मेट्रिक टन तोरी उत्पादन भएकामा यस वर्ष १४ हजार ३१५ मेट्रिक टन उत्पादन भएको छ।

जिल्लामा १४ हजार १७३ हेक्टर क्षेत्रफलमा तोरीखेती गरिँदै आइएको छ। उनका अनुसार तोरी उत्पादनमा कमी आउनु बेमौसमी पानी पर्नु प्रमुख कारण हो। यससँगै किसानले दोस्रोपटक तोरी लगाउनुपर्ने बाध्यता आएको थियो। फूल फुल्ने समयमा हुस्सु लाग्नु र तुसारोका कारण पनि तोरीको उत्पादन घटेको हो।

चितवनलाई तोरी उत्पादनका लागि महत्त्वपूर्ण जिल्लाका रूपमा लिइँदै आएको छ। नगदे बालीमा पछिल्ला वर्षहरूमा किसानको आकर्षण बढेसँगै तोरी लगाउने किसान पनि बढेका हुन्। विशेषगरी जङ्गली जनावरले तोरीमा क्षति नपुर्याउने भएकाले यसतर्फ किसानको आकर्षण बढेको उनको भनाइ छ।

प्रकाशित: Mar 15, 2026| 10:25 आइतबार, चैत १, २०८२
प्रतिक्रिया दिनुहोस्