बिहीबार, फागुन २८, २०८२

प्रतिकूल मौसमका कारण रेसुंगा विमानस्थलमा उडान प्रभावित

 |  बिहीबार, फागुन २८, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २८, २०८२

National life
Laxmi sunrise bank
kumari

गुल्मी- गुल्मीको रेसुङ्गा विमानस्थलमा मौसमको प्रतिकूलताका कारण उडान अवरुद्ध भएको छ। फागुनको पहिलो सातादेखि सातामा तीन पटक मात्र उडान गर्दै आएको नेपाल वायुसेवा निगमले पछिल्ला केही दिनयता बाक्लो तुवाँलोका कारण नियमित उडान गर्न नसकेको जनाएको छ। 

एक सातादेखि लगातार बाक्लो तुवाँलोका कारण वायुसेवा निगमको गत  आइतबार र मङ्गलबारको उडान अवरुद्ध बनेको रेसुङ्गा विमानस्थल गुल्मीका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिए। 

निगमले उडान तालिकामा परिवर्तन गरेसँगै रेसुङ्गा विमानस्थलबाट आइतबार, मङ्गलबार र शनिबार गरी सातामा तीन पटक मात्र उडान हुँदै आएको छ। निगमका हाल तीन वटा मात्र ‘ट्वीनअटर’ जहाज रहेको र उक्त जहाजहरु समय समयमा मर्मत गर्नुपर्ने भएका कारण जहाज अभावमा उडान तालिकामा परिवर्तन गरेको जनाएको छ। 
 
हाल काठमाडौँबाट गुल्मीका लागि रु सात हजार ५०० र गुल्मीदेखि काठमाडौँका लागि सात हजार ३०० भाडादर निर्धारण गरिएको छ।

प्रकाशित: Mar 12, 2026| 13:19 बिहीबार, फागुन २८, २०८२
प्रतिक्रिया दिनुहोस्