बिहीबार, फागुन २८, २०८२

सुदूरपश्चिममा ४१ हजार मत बदर

 |  बिहीबार, फागुन २८, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २८, २०८२

महेन्द्रनगर- यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा ४१ हजार ६२४ मत बदर भएको छ।

National life

सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार यहाँका १६ वटै निर्वाचन क्षेत्रमा गरी कुल खसेको मतको ४.७१ प्रतिशत मत बदर भएको छ। प्रदेश निर्वाचन कार्यालय धनगढीका सूचना अधिकारी दिलीप भाटले १७ लाख २९ हजार ४५० मतदाता रहेको सुदूरपश्चिममा आठ लाख ८४ १७७ मत खसेको थियो। जसमा ४१ हजार ६२४ मत बदर भएको छ। पाँच वटा निर्वाचन क्षेत्र रहेको कैलाली क्षेत्र नं १ मा ५९ हजार ३११ मत खसेकामा तीन हजार २५८ मत बदर भएको छ।

त्यसैगरी, कैलाली–२ मा ५६ हजार ९६७ मत खसेकामा दुई हजार ६४६ मत बदर भएको सूचना अधिकारी भाटले बताउनुभयो। त्यसैगरी, ६० हजार ३३२ मत खसेको कैलाली–३ मा दुई हजार ९१३ मत बदर भएको छ भने कैलाली–४ मा दुई हजार ९०७ मत बदर भएको छ। यहाँ कुल ६३ हजार ११७ मत खसेको थियो। कैलाली–५ मा ६६ हजार २९५ मत खसेकामा दुई हजार ८०७ मत बदर भएको छ।

त्यसैगरी, तीन निर्वाचन क्षेत्र रहेको कञ्चनपुर निर्वाचन क्षेत्र नं १ मा ६१ हजार ३६७ मत खसेकामा तीन हजार २३४ बदर भएको छ भने यहाँको निर्वाचन क्षेत्र नं २ मा तीन हजार ४३० मत बदर भएको छ। यहाँ कुल ६६ हजार ५४ मत खसेको थियो। त्यसैगरी, कञ्चनपुर–३ मा ५८ हजार ५४३ मत खसेकामा तीन हजार ३९९ मत बदर भएको छ।

त्यसैगरी, दुई वटा निर्वाचन क्षेत्र रहेको अछाममा निर्वाचन क्षेत्र नं १ मा एक हजार ११९ मत बदर भएको छ। यहाँ कुल ३२ हजार २४३ मत खसेको थियो भने अछाम–२ मा ३२ हजार ६५० मत खसेकामा एक हजार ५३१ मत बदर भएको छ। एउटा निर्वाचन क्षेत्र रहेको बाजुरामा कुल ४५ हजार ६६९ मत खसेकामा एक हजार २०० मत बदर भएको छ भने डोटीमा ५२ हजार ९०६ मत खसेकामा दुई हजार ४६९ मत बदर भएको प्रदेश निर्वाचन कार्यालय धनगढीले जनाएको छ।

Laxmi sunrise bank
kumari

दार्चुलामा एक हजार ६०८ मत बदर भएको छ। यहाँ कुल ५० हजार ९३० मत खसेको थियो भने बैतडीमा ७२ हजार ३०८ मत खसेको थियो। यहाँ चार हजार १२६ मत बदर भएको छ। यसैगरी, डडेलधुरामा २६ हजार २११ मत खसेकामा दुई हजार २५ मत बदर भएको छ।

सुदूरपश्चिममा ५१.१२ प्रतिशत मतदान भएकामा ९५.२९ प्रतिशत सदर र ४.७१ प्रतिशत मत बदर भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ। यहाँ १६ सिटमध्ये कैलालीका पाँच, कञ्चनपुरका तीन, बैतडी र डडेलधुरामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका थिए भने डोटी, अछाम–१ र बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भए भने बझाङ, दार्चुला र अछाम–२ मा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका थिए।

प्रकाशित: Mar 12, 2026| 08:09 बिहीबार, फागुन २८, २०८२
प्रतिक्रिया दिनुहोस्