बुधबार, फागुन २७, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • सातै प्रदेशका यी स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

सातै प्रदेशका यी स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

 |  बुधबार, फागुन २७, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २७, २०८२

काठमाडौं- हाल देशमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावले पहाडी र हिमाली भागमा बादल लागेको छ।

National life

मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई तथा उपत्यकाका केही स्थानमा तुवाँलो पनि लाग्नेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा पनि बादल लाग्नेछ। 

यसैगरी, हिमाली भूभागका केही स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा एवं हिमपातको सम्भावना छ। साथै मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भेगका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने महाशाखाको पूर्वानुमान छ।

त्यसैगरी, आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा  बादल लाग्ने छ भने बाँकी भागमा आंशिक बादल लाग्नेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ।

महाशाखाले मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपातको पूर्वानुमान गरेका स्थानका सर्वसाधारणलाई सचेत रहन अनुरोध गरेको छ। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 11, 2026| 07:34 बुधबार, फागुन २७, २०८२
प्रतिक्रिया दिनुहोस्