बुधबार, साउन १३, २०८३

रुकुम पश्चिममा दुई किशोरीको शव फेला, एक किशोरी बेपत्ता

 |  मंगलबार, फागुन २६, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २६, २०८२

रुकुम पश्चिम- रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३ भाग्ले नजिकै सानीभेरी नदीमा आज दुई किशोरीको शव फेला परेको छ।

उनीहरुसँगै गएकी एक किशोरी भने बेपत्ता भएकी छन्। बेपत्ता किशोरीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बाँफिकोट गाउँपालिका–३ गरालागोठकी १४ वर्षीया उर्मिला ओली र सोही स्थानकी १२ वर्षीया कल्पना ओलीको शव भाग्ले नजिकै सानीभेरी नदी किनारामा फेला परेको जिल्ला प्रहरीका प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए। 

उनका अनुसार १२ वर्षीया सपना ओलीको खोजी भइरहेको छ। उर्मिला र कल्पनाको ५०० मिटर दूरीको अन्तरमा शव फेला परेको हो। उनीहरु हिजो  छिमेकीको विवाहमा गएका थिए। घर फर्किने क्रममा नदीले बगाएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। 

घटनास्थलमा प्रहरी निरीक्षक पुनसहितको प्रहरी टोली र अस्थायी प्रहरी पोष्ट छिनखेतबाट प्रहरी टोली पुगेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पुनले जानकारी दिए।

प्रकाशित: Mar 10, 2026| 14:01 मंगलबार, फागुन २६, २०८२
प्रतिक्रिया दिनुहोस्