बुधबार, साउन १३, २०८३

टी–२० विश्वकपः भारतमाथि दक्षिण अफ्रिकाको सानदार जित

 |  सोमबार, फागुन ११, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ११, २०८२

काठमाडौं। भारत र श्रीलंकामा जारी टी–२० विश्वकप अन्र्तगतको सुपर ८ को खेलमा दक्षिण अफ्रिकाले भारतमाथि सानदार जित हासील गरेको छ।

आइतबार बेलुका भएको खेलमा दक्षिण अफ्रिकाले भारतमाथि ७६ रनको जित हासील गरेको हो। भारतको अहमदाबाद स्थीत नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा भारतले जितका लागि १ सय ८८ रनको लक्ष्य पाएको थियो। त्यसलाई पछ्याउने क्रममा भारत १८.५ ओभरमा १ सय ११ रन बनाएर अलआउट भयो।

भारतका लागि शिवम दुबेले ३७ बलमा सबैभन्दा बढी ४२ रनको योगदान गरे, ओपनर अभिषेक शर्माले १५ रन र कप्तान सूर्यकुमार यादव र हार्दिक पान्ड्याले समान १८ रनमात्रै जोडे।

दक्षिण अफ्रिकी बलरमध्ये मार्को जेनसेनले ४ विकेट र केशव महाराजले ३ विकेट लिए। टस जितेर पहिले ब्याटिङको रोजेको दक्षिण अफ्रिकाले ७ विकेटको क्षतीमा १ सय ८७ रनको लक्ष्य दिएको थियो।

प्रकाशित: Feb 23, 2026| 09:01 सोमबार, फागुन ११, २०८२
प्रतिक्रिया दिनुहोस्