शनिबार, फागुन ९, २०८२

जय ट्रफी : पुलिसविरुद्ध आर्मीको जित

 |  शनिबार, फागुन ९, २०८२

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ९, २०८२

काठमाडौं। त्रिभुवन आर्मी क्लबले जय ट्रफीको पहिलो खेल जितेको छ। शनिबार सम्पन्न खेलमा आर्मीले नेपाल पुलिस क्लबलाई ९ विकेटले पराजित गरेको हो।

National life

आर्मीका स्पीन बलरले मिलेर ९ विकेट लिएपछि दोस्रो इनिङमा पुलिसले ८८ रन मात्र बनाएर ४१ रनको अग्रताका साथ आर्मीलाई ४२ रनको लक्ष्य दिएको थियो। पहिलो सत्रमै आर्मीले ९ विकेटको जित निकाल्यो।

कुशल मल्लले विजयी चौका प्रहार गर्दै अविजित ४२ रन बनाए। इमरान शेख १ रनमा आउट भए। त्यसअघि दोस्रो इनिङमा ४७ रनले पछाडि परेको अवस्थाबाट ब्याटिङ गरेको पुलिस ८८ रनमा अलआउट भएर ४१ रनको अग्रता बनाएको थियो। कुशल भुर्तेलले सर्वाधिक ४८ रन बनाए।

अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउनै सकेनन्। राशिद खान ९, शंकर राना ८, दिलसाद अली ६ रनमा आउट भए। अमित श्रेष्ठले ४ रन बनाउँदा कप्तान आरिफ शेखले ३ रन मात्र बनाए। आर्मीका लागि बसिर अहमदले ४ विकेट लिए। कुशल मल्लले ३ तथा शाहब आलमले २ अनि आकाश चन्दले १ विकेट लिए।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ५३.३ ओभरमा १५३–८ को अवस्थामा पहिलो इनिङ समाप्तिको घोषणा गरेको थियो। पुलिसका लागि राशिद खानले सर्वाधिक ३८ रन बनाए भने कप्तान आरिफ शेख ३६ रनमा अविजित रहँदा ओपनर कुशल भुर्तेलले ३० रन बनाए। दिलसाद अलीले २७ रन बनाए।

Laxmi sunrise bank

आर्मीका लागि पवन कार्कीले ४ विकेट लिए। आकाश चन्द, शाहब आलम, नरेन साउद र बसिर अहमदले १–१ विकेट लिए।

त्यसपछि आर्मीले दोस्रो इनिङमा ९ विकेट गुमाएर २३४ रन बनाउँदै ४७ रनको अग्रताका साथ इनिङ घोषणा गरेको थियो। आर्मीका भीम सार्कीले ११३ बलमा १०५ रन बनाएर अविजित रहे। पवन कार्कीले ३७ तथा नरेन साउदले ३१ रन बनाए। पुलिसका लागि सागर ढकालले ६ विकेट लिए। ललित राजवंशीले २ तथा कुशल भुर्तेलले १ विकेट लिए।

प्रकाशित: Feb 21, 2026| 15:11 शनिबार, फागुन ९, २०८२
प्रतिक्रिया दिनुहोस्