बुधबार, फागुन ६, २०८२

देशभर १५ स्थानमा आगलागीका घटना

 |  बुधबार, फागुन ६, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ६, २०८२

काठमाडौं- राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, यही फागुन ४ गते बिहान १० बजेदेखि पाँच गते बिहानसम्म देशभर कूल १९ वटा विपदका घटना भएका छन्।

National life

त्यसमा १५ वटा त आगलागीका घटना भएका छन्। असावधानीका कारण आगलागीका घटनामा बृद्धि भएको प्राधिकरणको विवरणमा उल्लेख छ। हिउँदको मौसममा सामान्य सावधानी अपनाउँदा समेत रोक्न सकिने आगलानीका घटना भएको पाइएको छ।

प्राधिकरणका अनुसार, तेह्रथुम, संखुवासभा, मोरङमा एक एक आगलागीका घटना हुँदा  सिरहा, सर्लाही र स्याङजामा दुई÷दुई वटा आगलागीका घटना भएका छन्। यस्तै, बारा, पर्सा, रुपन्देही, बझाङमा पनि आगलागीका कारण भौतिक सम्पत्तिको क्षति भएको छ।

संखुवासभा, सोलुखुम्बु र सर्लाहीमा डढेलोको घटना भए। त्यस्तै, बैतडीमा जनावरको आक्रमण भएको छ। विपदमा परेर छ जना घाइते भए भने रु ३४ लाख १२ हजार बराबरको क्षति भएको छ।

प्राधिकरणले हिउँदको समयमा सबैतिर सुक्खा हुने भएकाले आगलागी हुने सम्भावना बढी भएकाले सचेतना अपनाउन आग्रह गरेको छ।

Laxmi sunrise bank

प्रकाशित: Feb 18, 2026| 07:37 बुधबार, फागुन ६, २०८२
प्रतिक्रिया दिनुहोस्