बुधबार, साउन १३, २०८३

सार्वजनिक बिदामा पनि राहदानी विभाग खुला रहने

 |  बुधबार, फागुन ६, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ६, २०८२

काठमाडौं- सार्वजनिक बिदाका दिन समेत राहदानी विभागले आफ्नो सेवा जारी राख्ने भएको छ। विभागले सार्वजनिक सूचनामार्फत आज र भोलि सार्वजनिक बिदा भएपनि राहदानी वितरणलगायतका कामका लागि विभाग खुला रहने जनाएको छ।

सरकारले आज ग्याल्पो ल्होछार र भोलि बिहीबार प्रजातन्त्र दिवसको उपलक्ष्यमा सार्वजनिक बिदा दिएको छ। दुवै दिन विहान १० बजेदेखि दिउँसो १ बजेसम्म विभाग खुला रहनेछ।

विभागले आज राहदानी वितरण सेवा प्रदान गर्ने जनाएको छ। यस्तै बिहीबार भने राहदानीका लागि आवेदन फारम सङ्कलन हुने जनाएको छ। अत्यावश्यक सेवा भएकाले सार्वजनिक बिदाको दिन पनि कार्यालय खुला रहने विभागले स्पष्ट पारेको छ। 

प्रकाशित: Feb 18, 2026| 07:31 बुधबार, फागुन ६, २०८२
प्रतिक्रिया दिनुहोस्