काठमाडौं । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले जितका लागि १८५ रनको लक्ष्य पछ्याउने क्रममा राम्रो सुरुआत गरेको छ । उक्त खेल प्रधानमन्त्री सुशीला कार्कीले चाखपूर्वक हेरिरहेकी छन्।
उक्त खेल भारतको मुम्बईस्थित वाङखडे स्टेडियममा जारी छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार उनले उक्त खेल प्रधानमन्त्री निवास बालुवाटारबाट टेलिभिजनका माध्यमबाट अवलोकन गरिरहेकी हुन्।
टस जितेर पहिला ब्याटिङ रोजेको इङल्यान्डले निर्धारित २० ओरभमा सात विकेट गुमाउँदै १८४ रनको योगफल बनाएको छ।