बुधबार, साउन १३, २०८३

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

 |  शुक्रबार, माघ २३, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २३, २०८२

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेका छन्। शुक्रबार नेपाल प्रहरीले प्रसाईंलाई चाल्नाखेलबाट पक्राउ गरेको हो। प्रसाईं विरूद्ध साइबर ब्युरोमा उजुरी परेपछि पक्राउ गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले बताएको छ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाई गत माघ ६ गते हाजिर जमानीमा रिहा भएका थिए। 

सार्वजनिक शान्ति विरुद्धको कसुरमा माघ ५ मा प्रहरीले उनलाई पोखराबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो।

प्रकाशित: Feb 06, 2026| 13:59 शुक्रबार, माघ २३, २०८२
प्रतिक्रिया दिनुहोस्