बिहीबार, माघ २२, २०८२

यस्तो रहनेछ दिनभरिको मौसम

 |  बिहीबार, माघ २२, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २२, २०८२

काठमाडौं- हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बादल लागेको छ। तराईका केही स्थानमा तुवाँलो लागेको छ।

National life

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराईका केही स्थानमा कुहिरो लाग्ने छ। तराईका धेरै स्थानमा हुस्सु लाग्ने छ भने पहाडी तथा हिमाली भागमा मौसम सफा रहनेछ।

त्यसैगरी, आज राति तराईका केही स्थानमा कुहिरो लाग्ने छ भने पहाडी तथा हिमाली भागमा मौसम सफा रहनेछ।

महाशाखाले हिमपात, वर्षा र हुस्सुका कारण दैनिक जनजीवन, पर्यटन, पदयात्रा, स्वास्थ्यका साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा आग्रह गरेको छ।

प्रकाशित: Feb 05, 2026| 07:52 बिहीबार, माघ २२, २०८२
प्रतिक्रिया दिनुहोस्