मंगलबार, जेठ २६, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन आचारसंहिता लागू गराउन सबै स्थानीय तह र जिससलाई मन्त्रालयको सर्कुलर

निर्वाचन आचारसंहिता लागू गराउन सबै स्थानीय तह र जिससलाई मन्त्रालयको सर्कुलर

 |  सोमबार, माघ १२, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, माघ १२, २०८२

काठमाण्डौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तह र ७७ वटै जिल्ला समन्वय समितिलाई निर्वाचन आचारसंहिता, २०८२ लागू गर्न, गराउन ‘सर्कुलर’ गरेको छ।

National life

निर्वाचन आयोगले २०८२ साल माघ ४ गते राति १२ बजेदेखि लागू गरेको आचारसंहिता सम्बन्धित स्थानीय तह र जिल्ला समन्वय समितिले पनि आ–आफ्नो क्षेत्रमा लागू गराउन पत्राचार गरेको मन्त्रालयका शाखा अधिकृत दीपेश कट्टेलले सबै स्थानीय तह र सबै जिल्ला समन्वय समितिलाई जारी गरेको पत्रमा उल्लेख छ।

सरकारले २०८२ साल पुस १२ गतेको नेपाल राजपत्रमा सूचना प्रकाशित गरी आचारसंहिता सार्वजनिक गरेको थियो। निर्वाचन आयोगले अर्को सूचना जारी नभएसम्मका लागि निर्वाचन आचारसंहिता लागू गरेको हो।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आचारसंहिता लागू गरिएको हो।

मन्त्रालयले आवश्यक जानकारी तथा कार्यार्थ भन्दै सबै स्थानीय तह र सबै जिल्ला समन्वय समितिलाई पत्राचार गरी निर्वाचन आचारसंहिता लागू गराउन ध्यानाकर्षण गराएको हो।  

Shivam cement

प्रकाशित: Jan 26, 2026| 13:09 सोमबार, माघ १२, २०८२
प्रतिक्रिया दिनुहोस्