बिहीबार, साउन १४, २०८३

एमाले युवा संघ दमक अध्यक्ष नै बालेनतर्फ लागे 

 |  बुधबार, माघ ७, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, माघ ७, २०८२

काठमाडौं- नेकपा (एमाले)निकट युवा संघका दमक अध्यक्ष छवि खतिवडा एमाले त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहको पक्षमा लागेका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै झापा-५ का रास्वपा उम्मेदवार बालेन शाहलाई समर्थन गर्ने बताएका हुन्।

‘आज मिति २०८२ माघ ७ गतेबाट म छवि खतिवडा राष्ट्रिय युवा संघ नेपाल, दमक नगर कमिटीको अध्यक्ष तथा नेकपा (एमाले) को संगठित सदस्य पद परित्याग गर्दै परिवर्तनलाई आत्मसात् गरी झापा–५ का उम्मेदवार बालेन शाहको चुनावी अभियानमा साथ–समर्थन जनाएको छु,’ उनले लेखेका छन्।

उनले त्यसपछि स्वतन्त्र राजनीतिक जीवन बिताउने निर्णय गरेको पनि बताएका छन्। 

झापा–५ बाट एमाले अध्यक्ष केपी शर्मा ओली उम्मेदवार बनेका छन्।

प्रकाशित: Jan 21, 2026| 13:04 बुधबार, माघ ७, २०८२
प्रतिक्रिया दिनुहोस्