शनिबार, माघ ३, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी स्थानमा हल्का वर्षा र हिमपात हुनसक्ने

कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी स्थानमा हल्का वर्षा र हिमपात हुनसक्ने

 |  शनिबार, माघ ३, २०८२

नेपाल समय

नेपाल समय

शनिबार, माघ ३, २०८२

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानहरूमा तुँवालो लागेको छ। पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो तराई भूभागका केही स्थानमा हुस्सु र कुहिरो रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ।

महाशाखाका अनुसार आज राति तराई भूभागका केही स्थानहरूमा हुस्सु रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

प्रकाशित: Jan 17, 2026| 08:27 शनिबार, माघ ३, २०८२
प्रतिक्रिया दिनुहोस्