बुधबार, फागुन २०, २०८२

यस्तो रहने छ आजको मौसम

 |  शुक्रबार, माघ २, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २, २०८२

काठमाडौं- हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु लाग्नेछ। महाशाखाका अनुसार कोशी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक रूपमा बादल लाग्ने तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। 

त्यसैगरी, आज राति तराई भू–भागका केही स्थानहरूमा हुस्सु लाग्नेछ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्ने तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। 

महाशाखाले हुस्सुका कारण  दैनिक जनजीवन, पर्यटन, स्वास्थ्यका साथै हवाई तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ। 

प्रकाशित: Jan 16, 2026| 08:17 शुक्रबार, माघ २, २०८२
प्रतिक्रिया दिनुहोस्