आइतबार, फागुन ३, २०८२

पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु

 |  बुधबार, पुस ३०, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, पुस ३०, २०८२

पाल्पा-  यहाँको रिब्दीकोट गाउँपालिका–२ जोर्तेस्थित विश्वकर्मा मन्दिर नजिकै टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

National life

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार नवलपरासीबाट गुल्मीतर्फ जाँदै गरेको ना८ख ३६५ नम्बरको  टिपर आज बिहान दुर्घटना हुँदा अन्दाजी ३५ वर्षीय केशव सुनारको मृत्यु भएको हो। 

मृतकको  ठेगाना भने खुलेको छैन। मृतक चालक हुन् वा अन्य कोही हुन् भन्ने भने एकिन हुनसकेको छैन। गाडीमा अरु पनि सवार थिए/थिएन् भन्ने कुरा खुल्न नसकेको छैन। घटनास्थलमा खोला र झाँडी भएकाले खोजीकार्य भइरहेको  छ।

टिपर सडकदेखि दुई सय ५० मिटर तल खोलामा खसेको हो। नवरलपरासीको पाल्पा सिमेन्ट उद्योगबाट सिमेन्ट लिएर गुल्मीको मालिका गाउँपालिका जाँदै गरेको टिपर बिहान ४:०० बजे दुर्घटनामा परेको हो। 

दुर्घटनालगत्तै प्रहरी चौकी हार्थोक र  अर्गलीबाट प्रहरी घटनास्थल पुगेको थियो। बिहानै अँध्यारो भएकाले अनुसन्धानमा कठिनाइ भएको थियो। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक चौधरीले जानकारी दिए।

Laxmi sunrise bank

प्रकाशित: Jan 14, 2026| 10:11 बुधबार, पुस ३०, २०८२
प्रतिक्रिया दिनुहोस्