बिहीबार, साउन १४, २०८३

आज तराईका अधिकांश भागमा हुस्सु, यस्तो छ अन्य स्थानको मौसम

 |  सोमबार, पुस २८, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, पुस २८, २०८२

काठमाडौं- नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको छ। हाल देशभरको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ। महाशाखाका अनुसार देशका पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

आज राति तराई भू–भागका केही स्थानहरूमा हुस्सु रहनेछ। देशका पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

प्रकाशित: Jan 12, 2026| 08:31 सोमबार, पुस २८, २०८२
प्रतिक्रिया दिनुहोस्