बिहीबार, साउन १४, २०८३

तराईमा मध्यान्नसम्म हुस्सु रहने, यस्तो छ अन्य स्थानको मौसम

 |  आइतबार, पुस २७, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, पुस २७, २०८२

काठमाडौं- हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ।  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई/मधेसका केही भूभागका केही स्थानमा मध्याह्नसम्म हुस्सु/कुहिरो रहनेछ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ।

त्यसैगरी, आज राति तराई भूभागका थोरै स्थानहरूमा हुस्सु रहनेछ। देशका पहाडी तथा हिमाली भागमा मौसम मुख्यतया सफा रहने छ।

प्रकाशित: Jan 11, 2026| 08:55 आइतबार, पुस २७, २०८२
प्रतिक्रिया दिनुहोस्