शुक्रबार, पुस २५, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • झापामा प्रतिनिधिसभा निर्वाचनमा ७ हजार पाँचसय सुरक्षाकर्मी परिचालन हुने

झापामा प्रतिनिधिसभा निर्वाचनमा ७ हजार पाँचसय सुरक्षाकर्मी परिचालन हुने

 |  शुक्रबार, पुस २५, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २५, २०८२

झापा- फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि सात हजार ५ सय सुरक्षाकर्मी परिचालन गरिने भएको छ।

National life

निर्वाचनमा सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसँगै निर्वाचन प्रहरी (म्यादी सुरक्षाकर्मी) परिचालित हुने जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ। प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार जिल्लामा यसपटक चार हजार ७ सय ४८ जना निर्वाचन प्रहरी परिचालित हुनेछन्। जसका लागि सशस्त्र प्रहरी बल र नेपाल प्रहरीतर्फ संयुक्त भर्ना प्रक्रिया शुरु भइसकेको छ।

जिल्लामा २ सय ८५ मतदानस्थल र ८ सय १५ वटा मतदान केन्द्र तोकिएका छन्। जसमध्ये ९५ वटा मतदानस्थल र २ सय ७१ वटा मतदान केन्द्र अतिसंवेदनशील रहेको जनाइएको छ। प्रजिअ गेलालका अनुसार मतदानस्थलमा १ सय ४७ वटा संवेदनशील र ४३ वटा सामान्य रहेको वर्गीकरण गरिएको छ।

यसैगरी मतदान केन्द्रहरुमा ३ सय ९० वटा संवेदनशील र १ सय ५ वटा सामान्य भनेर वर्गीकरण गरिएको छ। झापामा यसपटक ४९ मतदान केन्द्र थप भएका छन्। निर्वाचनमा परिचालन हुने चार हजार ९ सय ४७ जना निर्वाचन प्रहरीको छनोटका लागि आजदेखि भर्ना प्रक्रिया शुरु भएको हो। आजदेखि माघ ५ गतेसम्ममा भर्ना हुन चाहनेले दरखास्त दिनुपर्ने भर्नासम्बन्धी सूचनामा उल्लेख छ।

प्रकाशित: Jan 09, 2026| 08:06 शुक्रबार, पुस २५, २०८२
प्रतिक्रिया दिनुहोस्