बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • शङ्खरापुरमा बस दुर्घटना हुँदा मृत्यु भएका ४ जनाको खुल्यो पहिचान

शङ्खरापुरमा बस दुर्घटना हुँदा मृत्यु भएका ४ जनाको खुल्यो पहिचान

 |  बिहीबार, पुस २४, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २४, २०८२
National life
Shivam cement

काठमाडौं- काठमाडौँको शङ्खरापुर नगरपालिका–३ मा बुधबार साँझ भएको बस दुर्घटना परी चार जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्। मृतक चारै जनाको पहिचान खुलेको ट्राफिक प्रहरीले जनाएको छ।

मृत्यु हुनेहरूमा बाँकेको कोहलपुर नगरपालिका-५ घर भई हाल काठमाडौंको बूढानीलकण्ठ बस्ने ४९ वर्षीया कामना शर्मा, ताप्लेजुड्डको पाथीभरा-५ घर भई हाल बूढानीलकण्ठ बस्ने ५१ वर्षीया इन्दिरा लिम्बू, सिरहा घर भई पेप्सीकोला बस्ने ५५ वर्षीया शान्ती गुप्ता र पाँचथर घर भई गोठाटार बस्ने अन्दाजी ६५ वर्षीय देवेन्द्र लिम्बू रहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

उनले भने, ‘बस दुर्घटनामा अहिलेसम्म मृतकको सङ्ख्या चार पुगेको छ। घाइते २२ जना छन्। घाइतेको उपचार भइरहेको छ।’ बुधबार साँझ शङ्खरापुर नगरपालिका–३ फेदी जङ्लस्थित सडकमा जर्सिपौवाबाट साँखुतर्फ वनभोज गएर फर्कँदै गरेको बा ४ ख ८७८८ नम्बरको महानगर यातायातको बस सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको थियो।
 
घाइतेहरूको शङ्खरापुर अस्पताल, मुलपानी नगर अस्पताल, सुष्मा कोइराला अस्पताल साँखु, नेपाल मेडिकल कलेज जोरपाटी, पिपुल्स लाइफ किएर अस्पताल, टिचिङ अस्पतालमा उपरचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jan 08, 2026| 08:59 बिहीबार, पुस २४, २०८२
प्रतिक्रिया दिनुहोस्