बिहीबार, साउन १४, २०८३

चुनावका लागि खुल्यो म्यादी प्रहरीको भर्ना

 |  बिहीबार, पुस २४, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २४, २०८२

काठमाडौं- नेपाल प्रहरीले निर्वाचन प्रहरी भर्नासम्बन्धी सूचना प्रकाशन गरेको छ। बिहीबार नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग अन्तर्गत भर्ना छनोट शाखा, नक्सालले १ लाख ३३ हजार ९ सय ८० जना निर्वाचन प्रहरी माग गर्दै सूचना निकालेको हो।

सूचनाअनुसार पुस २५ गतेदेखि माघ १ गतेसम्म बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सार्वजनिक बिदाका दिनसमेत सबै जिल्ला प्रहरी कार्यालयमार्फत फाराम भर्न सकिने व्यवस्था गरिएको छ।

प्रहरीका अनुसार १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका, साधारण लेखपढ गर्न सक्ने नेपाली नागरिकले निर्वाचन प्रहरीका लागि आवेदन दिन सक्नेछन्। निर्वाचन प्रहरी भर्नाको अन्तिम नतिजा भने पुस १२ गते प्रकाशन हुने सूचनामा उल्लेख छ।

प्रकाशित: Jan 08, 2026| 08:35 बिहीबार, पुस २४, २०८२
प्रतिक्रिया दिनुहोस्