बिहीबार, कात्तिक १९, २०८३

काठमाडौं र ललितपुरमा निरन्तर बजार अनुमगन

 |  आइतबार, पुस २०, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, पुस २०, २०८२

Machhapuchchhre

काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका विभिन्न १७ वटा फर्ममा अनुमगन तथा निरीक्षण गरेको छ।

विभागले काठमाडौँको गैरीगाँउस्थित युवराज ट्रेड एण्ड सप्लायर्सलाई रु १० हजार जरिवाना गरेको छ। विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५, दफा ३८ ‘घ’ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ ‘क’ बमोजिम कारबाही गरिएको विभागले जनाएको छ।

विभागले अन्य १६ वटा फर्मलाई भने निर्देशनात्मक कारबाही गरेको छ। विभागले स्थानीय प्रशासन, जनप्रतिनिधिसहितको सहभागितामा बजारमा स्वच्छता कायम गर्न निरन्तर अनुगमन तथा निरीक्षण गर्दै आएको छ।

प्रकाशित: Jan 04, 2026| 21:04 आइतबार, पुस २०, २०८२