आइतबार, फागुन २४, २०८२

पाथीभरा क्षेत्रमा हिमपात

 |  आइतबार, पुस २०, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, पुस २०, २०८२

National life
Laxmi sunrise bank
kumari

ताप्लेजुङ- यहाँस्थित धार्मिकस्थल पाथीभरा क्षेत्रमा दोस्रोपटक हिमपात भएको छ। सो क्षेत्रमा यसवर्ष पहिलोपटक गत मङ्सिर ६ गते हिमपात भएको थियो।

 हिमपात भएसँगै चिसो बढेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ। समुद्र सतहदेखि तीन हजार ७९४ मिटरमा अस्थित पाथीभरा क्षेत्रहरूमा विगतमा मङ्सिरदेखि नै हिमपात हुने गर्दथ्यो। पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार शनिबार बेलुका पाथीभरा क्षेत्रमा हिमपात भएको हो। 

पाथीभरा हिमपात भए पनि तीर्थयात्रीहरूलाई सहजताका लागि पदमार्गमा फाइबरको ट्रस लगाएको छ।  यसले वर्षा र हिमपातसमेत पाथीभरा धामसम्म पुग्नका लागी तीर्थयात्रीलाई सहज हुने पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।

प्रकाशित: Jan 04, 2026| 13:13 आइतबार, पुस २०, २०८२
प्रतिक्रिया दिनुहोस्