बुधबार, पुस १६, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • देशभर पश्चिमी वायुको प्रभाव : तराईमा हुस्सु, पहाडमा आंशिक बदली

देशभर पश्चिमी वायुको प्रभाव : तराईमा हुस्सु, पहाडमा आंशिक बदली

 |  बुधबार, पुस १६, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, पुस १६, २०८२

काठमाडौं- देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराई भू–भागका अधिकांश स्थानमा हुस्सु लाग्नेछ।

National life

 कर्णाली र सुदूरपश्चिम प्रदेशसहित बाँकी पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने अनुमान गरिएको छ। यसैबीच, कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

हुस्सु र कुहिरोका कारण तराई क्षेत्रमा हवाई तथा स्थल यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।

काठमाडौँ उपत्यकाको आज बिहानको न्यूनतम तापक्रम ५ डिग्री सेल्सीयस रह्यो भने अधिकतम तापक्रम १७ देखि १८ डिग्री सेल्सीयसका बीच रहने पूर्वानुमान छ।

प्रकाशित: Dec 31, 2025| 07:54 बुधबार, पुस १६, २०८२
प्रतिक्रिया दिनुहोस्