बुधबार, पुस ९, २०८२

चुरे गाउँपालिका पहिलो पटक फुटबल प्रतियोगितामा सहभागी हुँदै

 |  बुधबार, पुस ९, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, पुस ९, २०८२

धनगढी । कैलालीको चुरे गाउँपालिका पहिलोपटक फुटबल प्रतियोगितामा सहभागी हुने भएको छ।

National life

कैलाली जिल्ला फुलबल संघको आयोजनामा हुनलागेको प्रतियोगितामा चुरे पहिलो पटक सहभागी हुन लागेको हो।

प्रतियोगिताका लागि चुरे गाउँपालिकाको वडा नम्बर ३ मा रहेको बसर युवा क्लबले टिम निर्माण गरिरहेको छ।

पुस १८ देखि २६ गतेसम्म हुने प्रतियोगितामा कैलालीका सबै स्थानीय तहको सहभागिता रहने युवा क्लबका अध्यक्ष गणेश देउवाले जानकारी दिएका छन्।

एक सूचना जारी गर्दै क्लबमा पालिकाका विभिन्न चार वटा स्कुलमा आन्तरिक प्रतिस्पर्धा गरेर पालिकास्तरीय खेलाडी छनोट गरिने जनाइएको छ।

Laxmi sunrise bank
kumari

पुस १० गते शिव मावि किम्तोला, शुक्र मावि खानीडाँडा र मेलकट्टेश्वर बयालामा तथा ११ गते जगातीमा आन्तरिक प्रतिस्पर्धा गरेर पालिकाबाट खेलाडिको छनोट गरिने क्लबले जारी गरेको सूचनामा उल्लेख छ।

प्रकाशित: Dec 24, 2025| 17:36 बुधबार, पुस ९, २०८२
प्रतिक्रिया दिनुहोस्