बुधबार, पुस ९, २०८२

१५ औं वार्षिकोत्सवको अवसरमा क्याम्ब्रिजद्वारा विशेष प्याकेज घोषणा

 |  बुधबार, पुस ९, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, पुस ९, २०८२

 

National life

काठमाडौं- शैक्षिक परामर्श ब्यवसायमा फरक पहिचान बनाउन सफल कन्सल्टेक्सी क्याम्ब्रिज १५ औं वर्षमा प्रवेश गरेको छ। बागबजारमा रहेको क्याम्ब्रिज आजबाट स्थापनाको १४ वर्ष पुरा गरी १५ वर्षमा प्रवेश गरेको हो।

डेढ दशकको शैक्षिक यात्रामा क्याम्ब्रिजले दशौं हजार विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिइसकेको क्याम्ब्रिजका संस्थापक निर्देशक शिशिर सिंखडाले बताए। उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई सहि परामर्श दिइएकोले नै क्याम्ब्रिज आम विद्यार्थी र अभिभावकको भरोसाको केन्द्र बनेको उनको दावी छ।

'हामी आजबाट १४ वर्ष पुरा गरी १५ वर्षमा प्रवेश गरेका छौं। यसविच हामीले उच्च शिक्षाका लागि विदेश जाने दशौं हजार विद्यार्थीहरुलाई सही र तथ्यपरक परामर्श दिएका छौं। यो यात्रामा हामीलाई साथ, समर्थन र हौसला प्रदान गर्ने सम्पूर्ण महानुभावहरुमा आभार प्रकट गर्दछु।' संस्थापक निर्देशक सिंखडाले भने।

आफुहरुले विद्यार्थीहरुलाई भरपर्दो, विस्वसनीय सेवा प्रदान गरेकैले सफलता प्राप्त गरेको उनको दावी छ। 'विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुलाई कुनै लोभ लालच र प्रलोभनमा पारेर परामर्श गर्दैनौं, विद्यार्थीहरुको शैक्षिक, आर्थिक अवस्था हेरेर जेन्यून परामर्श दिएकोले पनि हामी प्रति विद्यार्थी र अभिभावकले विस्वास बढ्दो छ।' निर्देशक सिंखडा भन्छन्।

Laxmi sunrise bank
kumari

यस अवसरमा क्याम्ब्रिजले उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरुका लागि विशेष प्याकेज घोषणा गरेको छ। १४ औं वार्षिकोत्सवको अवसरमा एक महिनाभर क्याम्ब्रिजबाट विदेश अध्ययनका लागि आवेदन दिने विद्यार्थीहरुबाट शैक्षिक परामर्श शुल्क छुट गरिएको छ। ‘डिसेम्बर २३ देखि जनवरी २३ सम्म विदेश अध्ययनका लागि आवेदन गर्ने विद्यार्थीहरूबाट कुनै पनि कन्सल्टेन्सी सेवा शुल्क लिइने छैन।’ संस्थापक निर्देशक सिंखडाले भने।

यसैगरी, आइएलटिएस र पिटिई अध्ययन गर्ने विद्यार्थीहरूलाई सात हजार पर्ने कोर्स दुई हजार पाँच सयमै पढाइने तथा आइएलटिएस परीक्षा मिति बुकिङमा तीन हजार देखि ४ हजार सम्मको छुट प्रदान गरिने बताइएको छ।

क्याम्ब्रिजले अष्ट्रेलिया, बेलायत, अमेरिका, क्यानडा, जापान, युरोप, न्यूजलेण्ड लगायतका देशहरुमा उच्च शिक्षाका लागि जाने विद्यार्थीहरुलाई सन्तुलित, यथार्थपरक र वस्तुनिष्ट रुपमा शैक्षिक परामर्श दिने गरेको छ। काठमाडौंको बागबजारमा मुख्य कार्यालय सँगै बालाजु, ललितपुर, बनेपा, धरान, इटहरी, विर्तामोड, दमकमा शाखा कार्यालय मार्फत सेवा प्रदान गर्दै आइरहेको छ भने, अष्ट्रेलिया र बेलायतमा पनि अन्तराष्ट्रिय शाखा सञ्चालनमा छ।
 

प्रकाशित: Dec 24, 2025| 12:18 बुधबार, पुस ९, २०८२
प्रतिक्रिया दिनुहोस्