बिहीबार, साउन १४, २०८३

काठमाडौंको तापक्रम आज यस वर्षकै कम

 |  मंगलबार, पुस ८, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ८, २०८२

काठमाडौं- पछिल्ला दिनमा चिसो बढ्दो क्रममा रहेको छ। तराईका कतिपय जिल्लामा बाक्लो हुस्सु र कुहिरो सुरु भएकाले विद्यालय बन्द हुन थालेका छन्।

हिमाली क्षेत्रमा हिमपात जारी छ। काठमाडौँ उपत्यकालगायत जिल्लाहरुमा पनि तापक्रम र मौसमको उतारचढाव जारी रहेको छ। सोही क्रममा काठमाडौँको तापक्रम आज यस वर्षकै सबैभन्दा कम रेकर्ड गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मौसमविद् हरिप्रसाद दाहालका अनुसार हिजोको तुलनामा आज काठमाडौँको न्यूनतम तापक्रम झण्डै दुई डिग्रीले घटेको छ।

हिजो छ दशमलव आठ न्यूनतम तापक्रम रहेकामा आज घटेर चार दशमलव नौ डिग्रीमा झरेको छ। यो अभिलेख काठमाडौँको यो वर्षकै सबैभन्दा कम न्यूनतम तापक्रम रहेको उनले बताए। गत मङ्सिर २८ गते काठमाडौँको न्यूनतम तापक्रम पाँच डिग्रीमा झरेको थियो।

उनका अनुसार आज देशको तराईका धेरै क्षेत्रमै बाक्लो हुस्सु तथा कुहिरो लागिरहेको छ। हिमाली क्षेत्रमा मौसम सफा रहेको छ। पानी र हिमपात बढी हुने सम्भावना नरहेको उनले बताए। मौसमविद् दाहालले भने, ‘तराइको यो मौसम हुस्सु र कुहिरो लाग्ने नै समय हो, मुख्यगरी पानी पर्ने प्रणाली छैन, पश्चिमी वायु सक्रिय हुन सकेको छैन, राम्ररी पानी नपर्नाले हुस्सु कुहिरो बढ्न थालेको हो।’ आज सबैभन्दा कम जुम्लामा माइनस तीन डिग्री रहेको छ।

प्रकाशित: Dec 23, 2025| 13:17 मंगलबार, पुस ८, २०८२
प्रतिक्रिया दिनुहोस्