बिहीबार, साउन १४, २०८३

आज देशभरको मौसम सामान्यतया सफा रहने

 |  शुक्रबार, पुस ४, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ४, २०८२

काठमाडौं- आज देशभरको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका बाँकी हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने विभागले जनाएको हो।

विभागका अनुसार आज राति सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायूको आंशिक प्रभाव रही अन्य भू–भागमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको विभागद्वारा जारी मौसम बुलेटिनमा जनाइएको छ।

प्रकाशित: Dec 19, 2025| 09:18 शुक्रबार, पुस ४, २०८२
प्रतिक्रिया दिनुहोस्