बिहीबार, साउन १४, २०८३

रास्वपा सभापति रवि लामिछाने आज रिहा हुँदै

 |  शुक्रबार, पुस ४, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ४, २०८२

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज रिहा हुने भएका छन्। उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशअनुसार आवश्यक कागजी प्रक्रिया पूरा गरी आज उनी रिहा हुने भएका हुन्। उनी आफैँ रुपन्देही जिल्ला अदालतमा उपस्थित हुनुपर्ने भएकाले हिजो रिहा हुन सकेका थिएनन्। 

उच्च अदालतका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले लामिछानेलाई तीनवटा सर्तसहित थुनामुक्त गर्न आदेश दिएको थियो। 

बिगोको हकमा दामासाहीले पर्ने रकम सुनिश्चित गर्ने भन्दै लामिछानेले बैंक जमानतसहित उच्च अदालतमा निवेदन दिएका थिए। उच्च अदालतले उक्त बैंक जमानतलाई सर्तसहित स्वीकार गरेको छ। निवेदनसँग पेस गरिएको दुई करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत प्रमाणीकरण र सनाखत गरिने अदालतको भनाइ छ।

प्रकाशित: Dec 19, 2025| 07:55 शुक्रबार, पुस ४, २०८२
प्रतिक्रिया दिनुहोस्