बुधबार, जेठ २७, २०८३

नेपाल क्रिकेटको स्वर्णिम युगमा प्रवेश गरेको छ : अध्यक्ष चन्द

 |  शुक्रबार, मंसिर २६, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २६, २०८२

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले क्रिकेटप्रतिको बढ्दो आकर्षणले आफूलाई खुसी तुल्याएको बताएका छन्। दर्शकहरूको मायाले नै यसरी क्रिकेटको विकास गर्न सकिएको उनको भनाइ छ।

National life

किताब यात्रा पाउण्डेशनद्वारा आयोजित किताब जात्रा कार्यक्रममा उनले चार वर्ष यता नेपाली क्रिकेट स्वर्णिम युगमा प्रवेश गरेको बताए।

क्रिकेटका माध्यमले देशलाई विश्वभर चिनाउने काम खेलाडिहरूले गरिरहेको उनको भनाइ छ। 'इच्छा शक्ति भएमा विकास गर्न सकिन्छ भन्नेमा त्रिवि क्रिकेट मैदानको विकासले नै देखाएको छ। यसले हाम्रो खेल क्षेत्रमा ऊर्जा पनि थपेको छ,' उनले भने।

स्रोत साधनको अभावका कारण आफूहरूले अपेक्षित काम गर्न नसके पनि खेलाडिहरूको मिहिनेत लोभ लाग्दो रहेको चन्दको भनाइ छ। उनले क्रिकेटका माध्यमबाट देशलाई धेरै माथि पुर्‍याउन सकिने विश्वास व्यक्त गरेका छन्।

नेपाली खेलाडिहरूले पनि वर्षेनी करौडौं कमाउन सक्ने हैसियत बनाएको उनको भनाइ छ। विभिन्न प्लेटफर्ममार्फत हेर्ने दर्शकका कारण मात्रै आजसम्म एनपीएलका क्रममा ६ करोड कमाइ भएको उनले बताए।

Shivam cement

प्रकाशित: Dec 12, 2025| 16:50 शुक्रबार, मंसिर २६, २०८२
प्रतिक्रिया दिनुहोस्