बुधबार, जेठ २७, २०८३

पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते

 |  शुक्रबार, मंसिर २६, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २६, २०८२
National life
Shivam cement

पाल्पा- पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा आठ जना घाइते भएका छन्। 

निस्दीको मित्यालीस्थित अरुणखोलादेखि रामपुरतर्फ जाँदै गरेको लु१ज ३९०८ नम्बरको जिप आज दुर्घटनामा परेको हो। दुर्घटनामा जिपमा सवार तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिए। उनका अनुसार मृतक तीनै जनाको पहिचान खुल्न सकेको छैन। 

दुर्घटनामा आठ जना घाइते भएका छन्। घाइतेको उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल पूर्वी नवलपरासी पठाइएको सूचना अधिकारी चौधरीले बताए। दुर्घटनाको कारण भने खुल्न सकेको छैन।

प्रकाशित: Dec 12, 2025| 13:09 शुक्रबार, मंसिर २६, २०८२
प्रतिक्रिया दिनुहोस्