बिहीबार, साउन १४, २०८३

फरार कैदीबन्दी पक्राउ

 |  मंगलबार, मंसिर २३, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २३, २०८२

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा केन्द्रीय कार्यालय जगन्नाथदेवलबाट फरार भएका एक जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ।   

वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा फरार रहेका गोरखा सिरानचोक गाउँपालिका–८ घर भई हाल काठमाडौँ तारकेश्वर मनमैजु बस्ने २२ वर्षीय सुविन गुरुङलाई प्रहरी पक्राउ गरेको हो।

प्रदर्शनका क्रममा फरार भई लुकीछिपी अवस्थामा बसिरहेका गुरुङलाई सोमबार तारकेश्वरको मनमैजुबाट पक्राउ गरी केन्द्रीय कारागारमा पेस गरिएको वरिष्ठ प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए।

प्रकाशित: Dec 09, 2025| 08:08 मंगलबार, मंसिर २३, २०८२
प्रतिक्रिया दिनुहोस्