बिहीबार, मंसिर १८, २०८२

एनपिएलमा आज दुई खेल हुने

 |  बिहीबार, मंसिर १८, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १८, २०८२

काठमाडौं- त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन्।

National life

पहिलो खेल ११:४५ बजे पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज र अपराह्न ४:०० बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच हुँदैछ।

पाँच खेलबाट चार अङ्क मात्र जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब छ। काठमाडौँले भने छ खेलबाट आठ अङ्क जोडेको छ।

प्लेअफमा पुगिसकेको सुदूरपश्चिम र प्लेअफको बाटोमा रहेको चितवन आमनेसामने हुनेछन्।

सुदूरपश्चिम १० अङ्कका साथ शीर्ष स्थानमा छ। पाँच खेलबाट चार अङ्क जोडेको चितवनलाई प्लेअफका लागि जित्नैपर्ने बाध्यता छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 04, 2025| 08:28 बिहीबार, मंसिर १८, २०८२
प्रतिक्रिया दिनुहोस्