बिहीबार, जेठ २८, २०८३

सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

 |  बुधबार, कात्तिक २६, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २६, २०८२
National life
Shivam cement

चितवन- मङ्गलबार साँझ इच्छाकामना गाउँपालिका–२ हपनीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने अन्य दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालका अनुसार  फिस्लिङबाट हपनीतर्फ गइरहेको जिप दुर्घटनामा  हपनीका ८० वर्षीय वीरबहादुर प्रजाको मृत्यु भएको हो।

दुर्घटनामा सोही स्थानका  कर्णबहादुर प्रजा  र विष्णु प्रजा घाइते भएका छन्। घाइते दुवैलाई उपचारार्थ भरतपुर पठाइएको छ। जिपमा चालकसहित चार जना सवार थिए। जिप चालक विकास प्रजालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: Nov 12, 2025| 07:18 बुधबार, कात्तिक २६, २०८२
प्रतिक्रिया दिनुहोस्