शुक्रबार, पुस १८, २०८२

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते

 |  मंगलबार, कात्तिक २५, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २५, २०८२

National life
Laxmi sunrise bank

हुम्ला- गए राति मुगुमा ट्याक्टर दुघटना हुँदा चालकको मृत्यु भएको छ। बाजुराबाट हुम्लाको पिपलमुडामा रहेको विद्युत्को सबस्टेसन जडानका लागि पोल ढुवानी गरिरहेको लु५त १२३७ नम्बरको ट्याक्टर दुर्घटनामा परेको थियो।  

सो ट्याक्टर मुगुको सोरु गाउँपालिकाको केन्द्रतर्फ जाँदै गरेको थियो।  बाजुरा  गौमुल गाउँपालिका–३ का अन्दाजी २४ वर्षीया सुरेश रोकायाको घटनास्थलमै मृत्यु भएको सोरुकोट प्रहरी चौकीका बलवीर लावडले जानकारी दिए।

विद्युत् पोल बोक्ने क्रममा उकालोमा ट्याक्टरको ‘ब्रेक फेल’ भई करिब ७०० मिटर तल खस्दा चालक रोकायाको घटनास्थलमै मृत्यु भएको र हुम्ला अदानचुली–२ का २८ वर्षीया रेशम भण्डारी सख्त घाइते भएको लावडले बताए। 
 
घाइते लवड जिल्ला अस्पताल मुगु लगिएको छ। ट्याक्टरमा चालक रोकाया र भण्डारी दुई जनामात्र सवार रहेको लावडले बताए

प्रकाशित: Nov 11, 2025| 09:45 मंगलबार, कात्तिक २५, २०८२
प्रतिक्रिया दिनुहोस्