शुक्रबार, साउन १५, २०८३

सुनसरी झुम्का कारागारमा कैदीको उपचारका क्रममा मृत्यु

 |  सोमबार, कात्तिक २४, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २४, २०८२

सुनसरी- सुनसरीको झुम्का कारागारमा एक जना कैदीको मृत्यु भएको छ। आइतबार बिहान करिब ५:३० बजे कारागारको ‘बी’ बन्दीगृहमा बन्दी ५३ वर्षीय सुधना सरदार अचेत अवस्थामा भेटिएका थिए।

अचेत भएपछि उनलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवामा उपचारका क्रममा ६:१५ बजे सरदारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए। 

सरदार पहिलेदेखि नै डाइबिटिजका बिरामी थिए र नियमित रूपमा औषधि सेवन गर्दै आएका थिए। सरदारलाई जिल्ला अदालतको २०८० असोज २ गतेको आदेशानुसार जीउ मास्नेबेच्ने (मानव बेचबिखन) मुद्दामा दोषी ठहर गर्दै १० वर्ष कैद सजाय तोकिएको सो सजाय भुक्तानका क्रममा उनी झुम्का कारागारमा रहेको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए।

प्रकाशित: Nov 10, 2025| 12:59 सोमबार, कात्तिक २४, २०८२
प्रतिक्रिया दिनुहोस्