बिहीबार, जेठ २८, २०८३

तल्लो हेवा खोला जलविद्युत आयोजनाको ऋण सम्झौता

 |  सोमबार, कात्तिक २४, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २४, २०८२
National life
Shivam cement

काठमाडौं- तल्लो हेवाखोला जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ। पाँच खपन जलविद्युत् प्रालिले निर्माण गर्न लागेको छ दशमलव ८४ मेगावाट क्षमताको सो आयोजनामा दुई वाणिज्य बैंकले रु ९८ करोड १७ लाख बराबरको ऋण लगानी गर्ने भएका हुन्। 

सो आयोजानमा सिद्धार्थ बैंकले रु ५० करोड र राष्ट्रिय वाणिज्य बैंकले रु ४८ करोड १७ लाख बराबरको ऋण लगानी गर्ने भएका हुन्। आयोजना कूल लगानीको ७० प्रतिशत ऋण र ३० प्रतिशत प्रवर्द्धकले लगानी गर्ने छन्। आयोजनाको कूल लागत रु एक अर्ब ४० करोड २५ लाख बराबर रहेको छ। 
कम्पनीका अध्यक्ष वसन्तकुमार तामाङका अनुसार आयोजनाबाट वार्षिक ४० दशमलव ८२ गिगावाट घण्टा ऊर्जा उत्पादन हुनेछ। 

आयोजनाबाट उत्पादित बिजुली ३३ केभी क्षमताको तीन दशमलव आठ किलोमिटर लामो प्रसारण लाइनमार्फत केन्द्रीय प्रणालीमा जोडिनेछ। पाँचथर जिल्लामा आयोजना स्थल रहेको परियोजनाको हाल निर्माण सुरु भइसकेको र निर्धारित समयमा पूरा हुने प्रवर्द्धक कम्पनीले जनाएको छ।

प्रकाशित: Nov 10, 2025| 07:29 सोमबार, कात्तिक २४, २०८२
प्रतिक्रिया दिनुहोस्