शुक्रबार, साउन १५, २०८३

शेफर्ड कलेजको विद्यार्थी स्वागत तथा अभिनन्दन कार्यक्रम सम्पन्न

 |  बिहीबार, कात्तिक २०, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २०, २०८२

काठमाडौं- काठमाडौंको शान्तिनगरस्थित शेफर्ड कलेज अफ मिडिया टेक्नोलोजीले स्वागत तथा अभिनन्दन कार्यक्रम सम्पन्न गरेको छ। 

बुधबार कलेजमा आयोजित एक कार्यक्रमका बिच कलेजले नव आगन्तुक विद्यार्थीलाई स्वागतका साथै अभिनन्दन गरेको हो।

शेफर्ड कलेज नेपालको पहिलो मिडिया टेक्नोलोजी कलेज हो।कार्यक्रममा प्रमुख अतिथिका रुपमा सूचना आयोगका प्रमुख आयुक्त सुरेश आचार्य रहेका थिए। आयुक्त आचार्यलाई कलेजी प्रिन्सिपल कविता शर्माले स्वागत गरेकी थिइन्। 

कार्यक्रममा आयुक्त आचार्यले नेपालमा पत्रकारिता क्षेत्रको विकासका लागि पत्रकारिता अध्यापन गराउने कलेजहरुको भूमिका महत्वपूर्ण हुने बताए। 

त्यसैगरी, शेफर्ड कलेजकी प्रिन्सिपल कविता शर्माले मिडिया अध्ययनका लागि शेफर्ड कलेज उपयुक्त रहेको बताइन्।

 

shepherd-college8-1762414923.jpg

shepherd-college-1762414923.jpg

प्रकाशित: Nov 06, 2025| 13:34 बिहीबार, कात्तिक २०, २०८२
प्रतिक्रिया दिनुहोस्