शुक्रबार, पुस १८, २०८२

बञ्चरेडाँडामा फोहर बोकेका गाडी जान थाले

 |  आइतबार, कात्तिक १६, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १६, २०८२

National life
Laxmi sunrise bank

काठमाडौं- स्थानीयको अवरोधका कारण विगत चार दिनदेखि बञ्चरेडाँडा ल्याण्डफिल साइटमा जान नसकेका फोहर बोकेका गाडीहरु सहमति जुटेसँगै जान थालेका छन्।

सहरी विकासमन्त्री कुलमान घिसिङले आज बञ्चरेडाँडा ल्याण्डफिल साइटमा पुगी स्थानीयसँग यसअघि भएका सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता गरेसँगै फोहरका गाडी जान सुरु गरेको मन्त्री घिसिङको सचिवालयले जनाएको छ।

स्थानीय सरकारले पटकपटक गरेका सहमति कार्यान्वयन नगरेको भन्दै दबाब दिने उद्देश्यले फोहर फाल्न अवरोध गरेका थिए। चार दिनसम्म फोहर फाल्न अवरोध हुँदा काठमाडौँका अधिकांश घर गल्लीमा फोहरको थुप्रो लागेको छ।

प्रकाशित: Nov 02, 2025| 14:04 आइतबार, कात्तिक १६, २०८२
प्रतिक्रिया दिनुहोस्