बुधबार, फागुन २७, २०८२

अविरल वर्षाका कारण दाउन्नेमा सडक अवरुद्ध

 |  बिहीबार, कात्तिक १३, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १३, २०८२

National life
Laxmi sunrise bank
kumari

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध भएको छ। 

सडक मर्मतका लागि एकतर्फी बनाइएको यो सडकमा आज बिहानदेखिको वर्षाका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधु नेपालले बताए। 

वर्षाले दाउन्ने खण्डको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित विश्वकर्मा मन्दिर र घ्युखोलामा सडक अवरुद्ध भएको उनले बताए। सूचना अधिकारी  नेपालले भने, “बिहानैदेखि परेको पानीका कारण बाटो हिलो र चिप्लो हुँदा सवारीसाधन पश्चिमतर्फ जान सकेका छैनन्। दाउन्ने खण्डमा मालवाहक सवारीसाधन उकालो चढ्न नसकेपछि यस खण्डमा जाम हुन नदिन प्रहरी खटिएका छन्।” 

प्रकाशित: Oct 30, 2025| 09:55 बिहीबार, कात्तिक १३, २०८२
प्रतिक्रिया दिनुहोस्