बुधबार, फागुन २७, २०८२

दमकमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, २१ घाइते

 |  बुधबार, कात्तिक १२, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १२, २०८२

National life
Laxmi sunrise bank
kumari

झापा- दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक गए राति यात्रीवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने अन्य २१ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार दमकबाट मोरङको टाँडीतर्फ गइरहेको बा२ख १९८३ नम्बरको बस दुर्घटना हुँदा त्यसमा ३५ जना सवार थिए। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ। अन्य २० जना उपचारपछि घर फर्केका छन्।

बस चालक मोरङ मिक्लाजुङ–३ का ३९ वर्षीय भक्तबहादुर दर्जीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रकाशित: Oct 29, 2025| 08:20 बुधबार, कात्तिक १२, २०८२
प्रतिक्रिया दिनुहोस्