शुक्रबार, कात्तिक ७, २०८२

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

 |  शुक्रबार, कात्तिक ७, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ७, २०८२
Kumaribank
Metro Mart

दार्चुला- मार्मा गाउँपालिका–३ दानीखेतमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

आज  बिहान लटिनाथबाट सार्सीतर्फ जाँदै गरेको सु प प्र ०१ ००१ ज १६६२ नम्बरको जिप दानीखेतमा दुर्घटना भएको हो। उक्त दुर्घटनामा परी जिपका मालिक ३४ वर्षीय करबिरसिंह ठगुन्नाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम शाहीले जानकारी दिए।
 
जिप कसले चलाएको र कसरी दुर्घटना भयो भन्नेबारे थाहा हुन नसकेको प्रहरीले जनाएको छ। जिप चालकको खोजी गर्न इलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी  टोली घट्नास्थलतर्फ गएको छ।

प्रकाशित: Oct 24, 2025| 12:23 शुक्रबार, कात्तिक ७, २०८२
प्रतिक्रिया दिनुहोस्