आइतबार, मंसिर २८, २०८२

असोजमा मात्रै घरजग्गा कारोबारबाट पौने ३ अर्ब राजस्व संकलन

 |  बुधबार, कात्तिक ५, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ५, २०८२

काठमाडौं- गत असोजमा देशभरका मालपोत कार्यालयले कुल दुई अर्ब ७५ करोड ८५ लाख ५७ हजार नौ सय २७ बराबरको राजस्व सङ्कलन गरेका छन्। गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण देशभरका दुईदर्जनभन्दा बढी मालपोत कार्यालयमा आगजनी र क्षति पुगेको थियो।

National life

चाडवाड र आन्दोलनका कारण कार्यालय सञ्चालनमा कठिनाइ भएका कारण राजस्व सङ्कलन सामान्य रहेको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ।

विभागका अनुसार गत असोजमा सेवा कर २१ करोड ३० लाख ७५ हजार दुई सय ६०, रजिष्ट्रेशन शुल्क एक अर्ब ४४ करोड १६ लाख ८७ हजार सात सय ५५ संकलन भएको छ। यस्तै, पुँजीगत लाभकर एक अर्ब छ करोड १९ लाख ३५ हजार पाँच सय ३७ सङ्कलन भएको छ।

विभागका अनुसार मालपोत कार्यालय चाबहिल काठमाडौँले २७ करोड ४२ लाख ९६ हजार दुई सय १०, आगलागी र तोडफोडमा परेको कलङ्की मालपोत कार्यालयले ४१ लाख ५० हजार तीन सय ७१ बराबरको राजस्व सङ्कलन गरेको छ।

यसैगरी मालपोत कार्यालय बुटवलले पाँच करोड तीन लाख ५६ हजार छ सय ३९, मालपोत कार्यालय दमक झापाले दुई करोड ८६ लाख ४१ हजार तीन सय ९०, मालपोत कार्यालय मनमैजु काठमाडौंले चार करोड ७७ लाख २३ हजार तीन सय ६१ बराबरको राजस्व सङ्कलन गरेको विभागले जनाएको छ।

Laxmi sunrise bank
kumari

गत असोजमा २३ हजार तीन सय ५३ वटा लिखत पारित भएको छ। यस्तै, दुई हजार चार सय ४२ वटा नामसारी, रोक्का २३ हजार नौ सय १४, फुकुवा १७ हजार नौ सय ३० भएको छ। विभागका अनुसार सो महिनामा कुल ७९ हजार सात सय ३९ वटा घरजग्गासँग जोडिएका कारोबार भएका छन्।   -रासस

प्रकाशित: Oct 22, 2025| 07:39 बुधबार, कात्तिक ५, २०८२
प्रतिक्रिया दिनुहोस्